कैलालीमा एकैपटक डिप्रेसनको ३० ट्याबलेट खाएर साढे ३ वर्षका बालक गम्भीर

धनगढी । कैलालीमा एक जना बालक बुवाले सेवन गर्ने डिप्रेसनको औषधी सेवन गरेपछि गम्भीर बनेका छन् ।

Nisharg hospital

गोदावरी नगरपालिका–३ मालिका टोलका सुरेश खत्रीका साढे ३ वर्षका छोरा एलबीनले बुवाले सेवन गर्ने डिप्रेशनको ३० ट्याबलेट एकैपटक खाएको प्रहरीले जनाएको छ ।

ट्याबलेट खाएर घाइते भएका एलबीनको धनगढीको माया मेट्रो अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले बताए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...