कञ्चनपुरमा चोरीका ट्याक्टरसहित चालक पक्राउ

धनगढी । कञ्चनपुरबाट चोरीका २ ट्याक्टरसहित चालक पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडाको संयुक्त टोलीले भारतीय नम्बरका ट्याक्टरसहित चालकहरुलाई पक्राउ गरेको हो ।

Nisharg hospital

बेलौरी नगरपालिका– १० सडकघाटबाट भारतीय यूपी २० बिएच २४१५ र आरएलएफ२एमबि ४१७६९ नम्बरका ट्याक्टरहरु नियन्त्रणमा लिइएको छ ।

जिल्ला मुरादावाद भोजपुरका २३ वर्षीय साजी दलेल र सोहि ठाँउका मिठ्ठु सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएकृ छ ।
ट्याक्टरसहित उनीहरूलाई भन्सार कार्यालय पठाइएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...