धनगढीमा ट्याङ्करको ठक्करबाट घाइते युवतीको मृत्यु

धनगढी । धनगढीमा आइतबार ट्याङकरले ठक्कर दिदा घाइते भएकी युवतीको मृत्यु भएको छ । आइतबार दिउँसो धनगढी उपमहानगरपालिका–३ चटकपुरमा सुपप्र०१००१ प २२११ नम्बरको ट्याङ्करले साइकल यात्री गोदावरी नगरपालिका–८ बस्ने २१ वर्षीया पार्वती खड्कालाई ठक्कर दिएको थियो ।

Nisharg hospital

ट्याङकरको ठक्करबाट घाइते भएकी खड्काको सोमबार बिहान उपचारका क्रममा धनगढीकै माया मेट्रो अस्पतालमा मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले बताए ।

उनको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइने उनले बताए । डीएसपी बोहराकाअनुसार ट्याङकर र चालक कञ्चनपुरको वेदकोट नगरपालिका–१ बस्ने ४९ वर्षीय प्रकाशदत्त भट्टलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...