धनगढी । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले जनताले राजतन्त्र फर्काउन नचाहेको तर केही तत्वले अराजकता फैलाउने काम गरिरहेको बताएका छन् । एमालेले धनगढीमा आयोजना गरेको विशेष सभालाई सम्बोधन गर्दै ज्ञवालीले मृत्यु भइसकेको राजतन्त्र फर्काउने सपना नदेख्न बताउँदै जनताले राजतन्त्र नभएर प्रगती र उन्नती चाहेको बताए ।


उनले मृत्युु भइसकेको राजतन्त्र फकाउँछौँ भन्नु र विरेन्द्रको वंश फर्काउछौँ भन्ने कुरा उस्तै भएको बताए । ‘समाज पछाडि चाहान्न । यो विकास र परिवर्तनको नियम हो । जनताले राजा फकाउन चाहेका छैनन् । प्रगती, उन्नती र समृद्धि चाहेका छन्,’ ज्ञवालीले भने, ‘मृत्यु भइसकेको राजतन्त्र फकाउछौँ भन्नु । विरेन्द्रको वंश फेरी फर्काउछु भन्ने कुरा एउटै हो ।’
ज्ञवालीले प्रतिगामी शक्तिहरु फेरि सत्तारमा आउन प्रयत्न गरिरहेको तर लोकतन्त्र मास्न सक्रिय तत्वहरु सफल नहुने पनि बताए । सभालाई सम्बोधन गर्दै एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले इतिहास कहिले पनि नदोहोरिने बताए । प्रतिगामी चिन्तन भएकाहरु पूर्व राजालाई बोकेर राजतन्त्र फर्काउने सपना देखिरहेको तर त्यो सम्भव नहुने बताए ।
‘प्रतिगामी चिन्तन बोकेकाहरु अहिले पूूर्व राजालाई बोकेर सपना फेरी राजतन्त्र फर्काउने सपना देखिरहेका छन् तर इतिहास कहिले पनि दोहोदैन्,’ भट्टले भने, ‘इतिहास जहिले पनि अगाडि बढ्छ । लोकतन्त्र र गणतन्त्रको पक्षमा सबैले डटेर लाग्नुुपर्छ ।’
