डाेटीमा सिकार खेल्दा भरूवा बन्दुक पड्किदा युवककाे मृत्यु, १० जना पक्राउ

धनगढी । डाेटीमा जंगली जनावरकाे सिकार खेल्न गएका बेला भरूवा बन्दुक पड्किदा एक युवककाे मृत्यु भएकाे छ ।

Nisharg hospital

बडिकेदार गाउँपालिका-१ काे बर्छेन जंगलमा सिकार खेल्न गएका बेला बिहीबार दिउँसो भरूवा बन्दुक पड्किएर लाग्दा साेही गाउँपालिका-२ बस्ने २४ वर्षीय नरेश सार्कीकाे मृत्युु भएको प्रहरीले जनाएको छ ।

डाेटीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) विनाेद शर्माले बडिकेदार गाउँपालिका-१ रजेडा बस्ने ४८ वर्षीय कमलसिंह खड्काले बोकेको भरुवा बन्दुकको बट रुखमा ठोक्किदा बन्दुक पड्किएर सार्कीकाे छातीमा गाेली लागेकाे पाइएको बताए ।

Samajik mantralaye

दाँया छातीमा गोली लागेका सार्कीकाे घटनास्थलमा मृत्यु भएको उनले बताए । घटनाको अनुसन्धानका लागि प्रहरीले १० जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा बडिकेदार गाउँपालिका- १ बेडुपाटा खोलाको किनारमा रहेका बन्दुक बाेक्ने ४८ वर्षीय कमल सिंह खड्का,२६ वर्षका खेम खड्का, ५२ वर्षका तारा सिंह खड्का रहेका छन् ।

यस्तै, ३९ वर्षका तेजेन्द्र भाट, ४० वर्षका अमर शाह, ३१ वर्षका चक्र भाट, १८ वर्षका सुनिल बम,३७ वर्षका गणेश ब. घर्ती मगर, ७१ वर्षीय मानबहादुर शाह र २६ वर्षीय  जुलेश नामजाली मगरलाई पनि पक्राउ गरेको एसपी शर्माले बताए ।

उनीहरूलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...