क्षतिपूर्ति दिने सहमतिपछि  बैतडीका अन्तरामकाे शव उठाइयाे

धनगढी । बैतडीमा अटो दुर्घटनामा घाइते भएर धनगढीकाे माया मेट्राे अस्पतालमा उपचारका  क्रममा धनगढीमा मृत्यु भएका २५ वर्षीय अन्तराम विष्टकाे शव उठाइएको छ ।

Nisharg hospital

सिगास गाउँपालिका–९ बाजपानीका विष्टकाे परिवारलाई क्षतिपूर्ति दिने सहमतिपछि शव उठाएर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

Samajik mantralaye

मृतक विष्टका दाजु नाता पर्ने केशवले परिवारलाई क्षतिपूर्ति दिने सहमतिपछि शव परीक्षणका लागि पठाइएको बताए ।

जयपृथ्वी राजमार्ग अन्तरगत ढोल्यामोडमा ३० चैतमा सुपप्र०१००१ह ६५७९ नम्बरको अटो दुर्घटना भएकाे थियाे ।

दुर्घटनामा घाइते भएका २५ वर्षका विष्टको उपचारका क्रममा शुक्रबार दिउँसो मृत्यु भएको थियो  । मृतकका श्रीमती, ४ वर्षीया छाेरी र ६ महिनाका छाेरा छन् । दुर्घटनामा बझाङको बित्थडचिर गाउँपालिका–२ का ४० वर्षीय गम्भीर बोहरा र ५० वर्षीय हर्कबहादुर बोहरा पनि घाइते भएका थिए । उनीहरुको डडेल्धुरामा उपचार भइरहेको छ ।

मृतक विष्टका परिवारले अटाे चालक दिपक धानुकलाई कारवाहिकाे माग गर्दै किटानी जाहेरी दिएका छन् । यसअघि दुर्घटनाका बेला अर्का व्यक्तिले अटाे चलाएकाे पीडित पक्षले आराेप लगाएकाे थियाे ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...