कञ्चनपुरमा आगो लगाएको अवस्थामा भेटिएका रानाको शव उठाइयो, अनुसन्धान जारी

panchodaye

धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिका-१० भुडा घटियाघाटमा जलेको अवस्थामा मृत भेटिएका बेल्डाँडी गाउँपालिका–३ का ५० वर्षीय हरिकिसन रानाको शव उठाइएको छ ।

Nast college

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) चक्रराज जोशीले रानाको शव घटनास्थलबाट उठाएर परीक्षणका लागि सेती प्रादेशिक अस्पताल पठाइएको जानकारी दिए । उनकाअनुसार घटनास्थल कार्य सकेर प्रहरीले शव उठाएर परीक्षणका लागि प्रादेशिक अस्पताल पठाएको हो ।

Nisharg hospital

राना मंगलबार बिहान कलकत्ता जान मोटरसाइकलमा घरबाट निस्किएका थिए । उनी घटनास्थलमा जलेको अवस्थामा फेला परेका थिए भने उनी सवार मोटरसाइकल भने जलिरहेको थियो ।

घटनाको अनुसन्धानका लागि प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गरेको छ भने नेपाल प्रहरी प्रदेश कार्यालयको टोली समेत अनुसन्धानमा खटिएको छ । विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...