कञ्चनपुरमा वडाध्यक्षकाे मृत्यु, फेसबुकमा लेखेका थिए- हासाे भित्रकाे पीडा

cp new add
Nisharg hospital
Samajik

धनगढी । बेहाेस् अवस्थामा भेटिएका  कञ्चनपुरकाे वेदकाेट नगरपालिका-९ का वडाध्यक्ष जनक बहादुर बिष्टकाे मृत्युु भएकाे छ ।

DHANGADHI

बुधबार दिउँसो बेहाेस् अवस्थामा भेटिएका बिष्टकाे उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा साँझ निधन भएकाे पारिवारिक स्रोतले जनाएको छ ।

नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष बिष्ट वेदकाेट तालमा बेहाेस् अवस्थामा भेटिएका थिए ।त्यसअघि बुधबार नै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै बिष्टले हासाे भित्रकाे पीडा लेखेका थिए ।

बेहाेस् भेटिनुअघि एक जना आफन्तलाई टेलिफोन सम्पर्क गर्दै आफू संसारबाट बिदा हुन लागेकाले छाेराछाेरीकाे ख्याल गरिदिन अनुराेध गरेका थिए ।

उनले विषादी सेवन गरेकाे हुनसक्ने अनुमान गरिएको छ । तर शव परिक्षणपछि धेरै कुरा खुल्ने विश्वास गरिएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...