कैलालीमा युवतीमाथि उनकै घरमा बलात्कार गर्ने युवक पक्राउ

धनगढी । कैलालीमा युवतीमाथि बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ ।

Nisharg hospital
Samajik mantralaye

जिल्लाको बर्दगोरिया गाउँपालिका–३ झाल बस्ने २१ वर्षीया युवतीलाई जबरजस्तीकरणी गरेको आरोपमा सोही ठाउँका २१ वर्षकै सन्जु दमाईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले बुधबार युवतीमाथि जबरजस्तीकरणी गरेको उजुरीका आधारमा दमाईलाई पक्राउ गरिएको जानकारी दिए ।

उनले युवतीकै घरको माथिल्लो तलामा जबरजस्तीकरणी गरेको आरोप लागेको छ । दमाईलाई नियन्त्रणमा लिएर अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...