एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले चुनाव लड्न मानेनन

cp new add
Nisharg hospital
suchana
Nast new

२३ असोज, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले चुनाव लड्न अस्वीकार गरेका छन् । चुनाव नलड्ने बताएका बादललाई काठमाडौं क्षेत्र नम्बर १० को उम्मेदवार बनाउने एमालेले निर्णय गरेको थियो ।

तर अध्यक्ष केपी शर्मा ओलीको आग्रह समेत बादलले अस्वीकार गरे । ‘बादललाई टिकट दिने भनेपछि यहाँ (काठमाडौं–१० मा) विरोध भयो,’ कीर्तिपुरका एक एमाले नेताले भने, ‘बाहिरका मान्छेलाई टिकट दिने भनेपछि विरोध हुने नै भयो ।’
स्थानीयको समेत विरोध भएपछि बादल थप पछि हटे । अहिले एमाले राजधानीमा उपलब्ध नेताहरु अर्को उम्मेदवारबारे छलफलमा छन् ।

यो क्षेत्रबाट भने सुरेन्द्र मानन्धर लगायत नेताहरुको नाम सिफारिस भएको थियो । तर टिकट वितरणको अधिकार पाएका अध्यक्ष केपी शर्मा ओलीले भने बादललाई उम्मेदवार बनाउने निर्णय सुनाएका थिए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...