धनगढी । कञ्चनपुरमा दुई किलो चरेससहित होटल सञ्चालक पक्राउ परेका छन् ।


पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–२ को बंकमा रहेको डिलासैनी होटल एण्ड लजका सञ्चालक ५० वर्षीय पदमबहादुर कार्की रहेको प्रहरीले जनाएको छ ।
उनलाई बुधबार दिउँसो इलाका प्रहरी कार्यालय झलारी र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीको संयुक्त टोलीले विशेष सूचनाका आधारमा दुई किलो तीन सय १५ ग्राम चरेससहित पक्राउ गरिएको हो ।
कार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
