आन्दोलित शिक्षकलाई ३ दिनभित्र विद्यालय फर्किन सर्वोच्चको आदेश

cp new add
Nisharg hospital

सर्वोच्च अदालतले काठमाडौंमा आन्दोलनरत शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्किन आदेश दिएको छ।

न्यायाधीश डा. नहकुल सुवेदीको इजलासले बिहीबार अन्तरिम आदेश जारी गर्दै शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्किन भनेको हो ।

‘आदेश प्राप्त भएको मितिले तीन दिनभित्र विद्यालय फर्किसक्न आदेश भएको छ’, सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलले   भने, ‘हामीले (अदालतले) आज आदेश पठाउन पाएका छैनौं, भोलि पठाउँछौं ।’

अधिवक्ता श्रवणकुमार चौधरीले दायर गरेको रिटमा न्यायाधीश सुवेदीको इजलासले यस्तो आदेश गरेको हो ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...