

धनगढी । कञ्चनपुरमा चार जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

जिल्ला अदालतले विभिन्न मितिमा फैसला गर्दै कैद सजाय तथा जरिवाना तोकेर दोषी ठहर गरेर फरार रहेका चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई आवश्यक कारवाहीका लागि अदालतमा बुझाइएको छ ।
यी हुन् पक्राउ पर्ने फरार प्रतिवादी
१. लागू औषध मुद्दामा ३ महिना कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, बेदकोट न.पा. ६
सिसैया बस्ने बर्ष २४ को निश्चल के.सी. ।
२. लागू औषध मुद्दामा ३ महिना कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, बेदकोट न.पा.६
सिसैया बस्ने बर्ष २५ को प्रदिप मार्कण्ड भण्डारी ।
३. सवारी ज्यान मुद्दामा ३ महिना कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, बेदकोट न.पा.२
बाणी बस्ने बर्ष २३ को अनिल चौधरी ।
४. सवारी ज्यान मुद्दामा १ महिना कैद सजाय र रु.२,०००।– जरिवाना तोकिएको जिल्ला
कञ्चनपुर, कृष्णपुर न.पा. ७ बस्ने बर्ष ३८ को भोजराज डगौरा ।

