उपत्यका क्षेत्रबाट ४ सिटमा माओवादीका महिला उम्मेदवारले पाए टिकट

Nisharg hospital

२३ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौं उपत्यकामा पाएका ५ क्षेत्रमध्ये ४ क्षेत्रमा महिला उम्मेदवार उठने भएका छन ।

माओवादीले सत्ता गठबन्धनबाट प्रतिनिधिसभाका काठमाडौं–२, ७ र ९, ललितपुर–३ र भक्तपुर–१ क्षेत्र पाएको छ ।

swostik

ललितपुर–३ मा पम्फा भुसालले टिकट पाएकी छिन् । माओवादी केन्द्रकी उपमहासचिव समेत रहकी भुसाल यसअघि पनि उक्त क्षेत्रबाट निर्वाचित सांसद हुन् । काठमाडौं–२ को टिकट पूर्वसभामुख समेत रहेकी ओनसरी घर्तीले पाएकी छिन् ।

त्यस्तै काठमाडौं–७ मा मानुषी यमी भट्टराईले माओवादीका तर्फबाट टिकट पाएकी छिन् ।

काठमाडौं–९ मा माओवादीकी कल्पना धमलाले टिकट पाएकी छिन् । भक्तपुर–१ मा भने सुरेश न्यौपानेले टिकट पाएका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...