कैलालीबाट हतकडीसहित भागेकी थुनुवा महिला भारतमा पक्राउ, दुई जना प्रहरी निलम्बन

panchodaye

धनगढी । कैलालीबाट हतकडीसहित फरार भएकी थुनुवा महिलालाई भारतबाट पक्राउ गरिएको छ ।

Nast college

मानव बेचबिखन मुद्दामा पक्राउ परेर शनिबार जिल्ला सरकारी वकिलकाे कार्यालयबाट फरार भएकी ५० वर्षीय मिना शाही दमाईलाई भारतकाे पलियाबाट पक्राउ गरिएकाे प्रहरीले जनाएको छ ।

Nisharg hospital

कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले दमाईलाई पलियाबाट पक्राउ गरिएको पुष्टि गरे ।

उनकाअनुसार दमाईलाई पलियामा लुकेकाे अवस्थामा पक्राउ गरिएकाे हाे ।

मानव बेचबिखन मुद्दामा पक्राउ परेकी  दमाईलाई म्याद थपका सरकारी वकिलकाे कार्यालय लगेका बेला भागेकी थिइन् ।

हतकडीसहित थुनुवा भागेकाे घटनामा दुई जना प्रहरीलाई कारवाही गरिएको छ ।

दमाईलाई म्याद थपका लागि लगेका प्रहरी सहायक हवल्दार चक्र अधिकारी र प्रहरी जवान लाेकराज जाेशीलाई निलम्बन गरिएको एसपी विष्टले बताए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...