कैलालीमा हतकडीसहित भारत भागेकी महिला पक्राउ गर्ने सई चन्दसहितका ४ प्रहरी पुरस्कृत

cp new add
Nisharg hospital

धनगढी । कैलालीमा सरकारी वकिलको कार्यालयबाट फरार भएकी महिलालाई भारतबाट पक्राउ गरेको भन्दै चार जना प्रहरीलाई पुरस्कृत गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयले अपराध अनुसन्धान समूहका प्रहरी नायब निरीक्षक(सई) गजेन्द्र बहादुर चन्दसहित चार जना प्रहरीलाई रेकर्डमा जनिनेगरि नगदसहित पुुरस्कृत गरेको जनाएको छ ।

पुरस्कृत हुनेमा जिल्ला प्रहरी कार्यालयमै कार्यरत प्रहरी सहायक हवल्दारद्धय रविन्द्र शाही र सन्तोश महरा तथा प्रहरी जवान महेश ओझा रहेका छन् । उनीहरुलाई कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले पुरस्कृत गरेका हुन् ।

मानव बेचबिखन मुद्दामा इलाका प्रहरी कार्यालय टीकापुरले पक्राउ गरेकी ५० वर्षीया मिना शाही दमाई म्याद थपका लागि ल्याएका बेला आइतबार दिउँसो धनगढीस्थित जिल्ला सरकारी वकिलको कार्यालयबाट हतकडीसहित भागेकी थिइन् ।

उनलाई सई चन्द नेतृत्वको टोलीले सोमबार बिहान भारतको पलियामा फेला पारेर पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालयले दमाईलाई म्याद थपका लागि सरकारी वकिल कार्यालय पुगाउने इलाका प्रहरी कार्यालय टीकापुरका दुई जना प्रहरीलाई निलम्बन समेत गरेको छ ।

कैलालीमा सरकारी वकिलकाे कार्यालयबाट थुनुवा महिला हतकडीसहित फरार

 

कैलालीबाट हतकडीसहित भागेकी थुनुवा महिला भारतमा पक्राउ, दुई जना प्रहरी निलम्बन

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...