सेती अस्पतालकाे छतबाट हाम फालेका बिरामीकाे मृत्यु, श्रीमती निदाएका बेला छतमा चढेका थिए

cp new add
Nisharg hospital
Samajik

धनगढी । सेती प्रादेशिक अस्पतालकाे तेस्रो तलाबाट हाम फालेका मृगौला पीडित ६३ वर्षीय चक्रबहादुर सिंहकाे मृत्यु भएकाे छ ।

DHANGADHI

मंगलबार दिउँसो अस्पतालकाे छतबाट हाम फालेका गाेदावरी नगरपालिका-१ का सिंहकाे उपचारका क्रममा मृत्यु भएकाे प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बाेहराले सिंहकाे उपचारका क्रममा चिकित्सकले मृत घाेषणा गरेकाे बताए ।

मृगौला पीडित सिंह प्रादेशिक अस्पतालमा डायलासिस गर्दै आएका थिए ।

साेमबार अस्पताल भर्ना भएका सिंहलाई चिकित्सकले मेडिकल वार्डमा भर्ना गरेका थिए ।
उनकि श्रीमती ईश्वरीदेवी सिंह कुरूवा बसेकी थिइन् । श्रीमती निदाएका बेला सिंह छतमाथि उक्लिएका थिए ।

प्रहरीले उनलाई छतमा चढेकाे देखेर वार्ड फर्किन आग्रह गरेकाे थियो तर हेर्दाहेर्दै उनले हाम फालेका थिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...