प्रधानमन्त्री देउवाले गरे जसपाका मन्त्रीहरुलाई हटाउने तयारी

Nisharg hospital

२५ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरुलाई हटाउने तयारी गरेका छन् ।

यसका लागि कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले दिउँसो सत्तारुढ गठबन्धनमा आवद्ध दलका नेताहरुलाई भेट्दैछन् । गठबन्धनमा आवद्ध दलका नेताहरुको पनि जसपाका मन्त्रीहरुलाई हटाउनुपर्नेमा जोड दिएका छन् । एक नेता भन्छन्, ‘एमालेसँग सहकार्य गरेका छन् र चुनावपछि पनि त्यसलाई जारी राख्छौं भने पछि कसरी राखिराख्नु ।’

Aishwya
Dhanagdhi

सत्ता गठबन्धनमा रहेको जसपाले आसन्न चुनावका लागि १४ जिल्लामा एमालेसँग तालमेल गरेको छ ।

जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातवरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षीमन्त्री मृगेन्द्रकुमार सिंह छन् । उनीहरु तत्काल राजीनामा नदिने मुडमा छन् । एक मन्त्रीले भने, ‘पार्टीले केही भनेको छैन, अहिले राजीनामा दिनु पर्ने योजना पनि छैन ।’

प्रधानमन्त्रीले मन्त्रीहरु हटाए पनि नयाँ नियुक्त भने गर्न पाउने छैनन् । निर्वाचन आयोगका अधिकारीहरु पनि नयाँ मन्त्री नियुक्ति आचारसंहिता विपरीत हुने बताउँछन् ।

२०७८ जेठमा प्रतिनिधिसभा विघटनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद विस्तारलाई सर्वोच्च अदालतले बदर गरेको नजिर पनि छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...