‘क्याम्ब्रीयन पेट्रोल’ प्रतियोगितामा नेपाली सेनालाई रजत पदक

cp new add
Nisharg hospital
Ban Mantralye

२५ असोज, काठमाडौं । नेपाली सेनाले बेलायतमा सञ्चालन भएको ‘एक्सर्साइज क्याम्ब्रीयन पेट्रोल’ प्रतियोगितामा रजत पदक प्राप्त गरेको छ। गत २२ असोजमादिख सञ्चालन भएको प्रतियोगितामा नेपाली सेनाका सेनानी बल बहादुर आले नेतृत्वमा सहभागी १० जनाको टोलीले उक्त पदक प्राप्त गरेको हो।

वेल्सको ब्रेकनमा सम्पन्न उक्त अभ्यासमा बेलायती फौजका ८४ र नेपाल समेत अन्य २४ देशका गरि कूल एक सय ११ सैन्य टोलीहरूको सहभागिता रहेको थियो । यस सैनिक प्रतियोगितामा नेपाली सेनाको पेशागत प्रतियोगिताको मर्यादाक्रमको आधारमा गण तथा गुल्मका फौज र बाहिनीबाट छानिएका व्यक्तिहरु सम्मिलित टिम सहभागी हुने गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

tourism

सन् १९६० बाट वार्षिक रुपमा बेलायतमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगितामा नेपाली सेनाले सन् द्दण्ज्ञद्ध बाट भाग लिदैं आईरहेको छ । युद्धकालीन बिशेष परिस्थितिहरूको कल्पना गरी शत्रुपक्षको गतिबिधिसमेत समेटेर सञ्चालन गरिने यस विश्वस्तरीय सैन्य अभ्यासमा सहभागी हुने टोलीहरूको शारीरिक सहिष्णुता र पेशागत दक्षताको मूल्याङ्कन गरिन्छ ।

अत्यन्त कठिन भौगोलिक ईलाकामा सञ्चालन हुने यस अभ्यासमा सहभागीहरूले २ दिनभित्र हतियार तथा करिब ५० पौण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्रीसहित लगभग ५० किलोमिटर दूरी पार गर्नुपर्छ ।

सो क्रममा सहभागी टोलीले लडाईको तयारी, नक्सा र कम्पासको भरमा दिन र रातमा गर्ने निर्धारित स्थानहरूसम्मको यात्रा, खोला तथा अन्य अवरोध पार गर्ने क्षमता, खबर सङ्कलन, घाईते बिरामीको ब्यवस्थापन, बिस्फोटक पदार्थहरू पत्ता लगाउने क्षमता लगायत रसायनिक, जैविक र आणविक हतियार प्रहार भएको अवस्थामा अपनाउने सतर्कता समेतका अनेकन दक्षताहरूको परीक्षण गरिन्छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...