धनगढीमा कटुवा पेस्ताेलसहित दुई भारतीय नागरिक पक्राउ

panchodaye

धनगढी । कैलालीको नेपाल–भारत सिमाना क्षेत्रबाट नेपाली प्रहरीले कटुवा पेस्तोलसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

Nast college

आइतबार साढे चार बजेतिर धनगढी उपमहानगरपालिका–१२ काे पटरीघाटस्थित नेपाल–भारत सिमाना क्षेत्रमा अस्थायी  प्रहरी पोष्ट जुगेडा र जिल्ला प्रहरी कार्यालयको आपराध अनुसन्धान समूहबाट खटिएको टाेलीले पेस्तोलसहित दुई भारतीयलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Nisharg hospital

पक्राउ पर्नेमा  भारतको उत्तर प्रदेशकाे लखिमपुर जिल्लाको बेलावर्सी बस्ने २४ वर्षीय सौरभ सिंह र  २० वर्षीय विपिन कुमार  रहेकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले बताए ।

उनकाअनुसार पेस्ताेलमा लाग्ने एक राउन्ड गाेली पनि बरामद गरिएको छ ।

दुवै जनालाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...