कञ्चनपुरमा आगलागी हुँदा फेन्सी पसल सखाप, २४ लाखको क्षति

panchodaye

धनगढी । कञ्चनपुरको वेदकोट नगरपालिका–१ चम्फापुरमा गएराति एक फेन्सी पसलमा भीषण आगलागी हुँदा करिब २४ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।

Nast college

प्राप्त जानकारीअनुसार स्थानीय नन्दा कुमारी भट्टले आफ्नै तीन कोठे पक्की घरमा संचालन गर्दै आएको फेन्सी पसलमा गएराती करिब ११ बजे अचानक आगलागी भएको हो। प्रारम्भिक अनुसन्धानअनुसार पसलमा भएको विद्युत सट भएर आगलागी भएको बताइएको छ।

Nisharg hospital

आगलागीका कारण पसलमा रहेका नगद रकम, थानका कपडा, सुटपिस, चप्पल, लेडिज ब्याग लगायतका सामग्री पूर्णरूपमा जलेर नष्ट भएका छन्। अनुमानित रूपमा २४ लाख पाँच हजार बराबरको धनमाल नष्ट भएको जनाइएको छ।

यद्यपि यस घटनामा कुनै मानवीय क्षति र चौपायको क्षति भने नभएको प्रहरीले जनाएको छ। स्थानीयबासी, नेपाल प्रहरी र दमकलको सक्रियतामा आगलागी पूर्णरूपमा नियन्त्रणमा ल्याइएको थियो।

प्रहरीले घटनाको थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...