कैलालीमा चार लाख बढीका अवैध भन्सार छलीका सामान बरामद

panchodaye

धनगढी । कैलालीका विभिन्न स्थानहरूबाट भन्सार छलि गरी ल्याइएका चार लाख १८ हजार रुपैयाँ बराबरका अबैध सामग्री प्रहरी टोलीले बरामद गरेको छ।

Nast college

आइतबार धनगढी उप–महानगरपालिका–१५ स्थित उर्मी कालिका सामुदायिक वन र जानकी गाउँपालिका–७ स्थित पुछरी सडकखण्डबाट प्रहरीले गस्तीको क्रममा ती सामानहरू फेला पारेको हो।

Nisharg hospital

जिल्ला प्रहरी कार्यालय कैलाली मातहतका प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारिएका ती सामानहरू नियन्त्रणमा लिएको जनाएको छ। बरामद सामग्रीमा चिनी, बिडी, सुर्ती, प्लास्टिक डोरी र दुई थान मोटरसाइकलसमेत रहेका छन्। बरामद सामानहरूको अनुमानित मूल्य करिब चार लाख १८ हजार इक सय रहेको छ।

प्रहरीले ती सामग्रीहरू भारतबाट अबैध रुपमा भन्सार छलि गरि ल्याइएको आशंका गरेको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाइएको छ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...