
धनगढी । धनगढीमा एक युवती मृत अवस्थामा भेटिएकी छन् ।

धनगढी उपमहानगरपालिका-२ काे बैयाबेहडीमा साेमबार बिहान कञ्चनपुरकाे पुनर्वास नगरपालिका-११ अमरबस्तीकि ३० वर्षीया रेणु चाैधरी मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले काेठा भाडामा बस्दै आएकी युवती मृत भेटिएको बताए ।
सिंहले काेठाकाे ढाेकामा बाहिरबाट ताल्चा लगाएकाे अवस्थामा उनी मृत भेटिएकी हुन् ।
घटनास्थल सिल गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
