कैलालीमा करेन्ट लागेर युवकको मृत्यु

cp new add
Nisharg hospital

धनगढी। कैलालीको टीकापुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

बिहिवार टीकापुर नगरपालिका–९ पायलगाउँका २२ वर्षीय धुरु लुहारको करेन्ट लागेर मृत्यु भएको हो।

उनलाई घरभित्रको टिनको छानाबाट करेन्ट लागेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरिक्षक नविन राजा बुढाथोकीले जानकारी दिए।

करेन्ट लागेर घाईते भएका लुहारलाई उपचारका लागि टीकापुर अस्पताल पुर्याईएको थियो। उनको उपचारकै क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...