आत्महत्या गर्न रुखमा झुण्डिएका युवालाई प्रहरीले बचायो

Nisharg hospital

२७ असोज, काठमाडौँ । रौतहटमा आत्माहत्या गर्न रुखमा झुण्डिएका व्यक्तिलाई प्रहरीले बचाएको छ ।

बुधबार फतुवा विजयपुर नगरपालिका ५ वसन्तपुरका शेख राजा हुसेन रुखमा झुण्डिएका थिए । निमको रुखमा नाईलनको डोरी लगाई झुण्डिएका २६ वर्षीय हुसेनलाई उद्धार गरेर प्रहरीले अस्पताल पुर्याएको छ ।

हुसेनले घरायसि विवादका कारण घर नजिकै रहेको रुखमा झुण्डिएका हुन ।
रौतहट जिल्लाको प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा प्रमुखहरु समेतको टोली जिल्लाको अनुगमनका क्रममा त्यहाँ पुगेको थिए ।

नजिकै खेलिरहेको बच्चाहरुले हुसेन झुण्डिएको जानकारी दिएपछि प्रहरीले उद्धार गरेर ज्यान बताएको हो ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...