दार्चुलामा कृषि अनुदान हत्याउन जिवितै व्यक्ति मृत घोषणा गर्ने दुई जना पक्राउ

cp new add
Nisharg hospital
Samajik

धनगढी । दार्चुलामा कृषि अनुदानको रकम हत्याउनका लागि कृषक समूहका सचिव र कोषाध्यक्षको मृत्यु भएको भन्दै बैँकलाई फर्जी पत्र पठाएको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा शैल्यशिखर नगरपालिकाको कृषि शाखा प्रमुख दीपकराज विष्ट र भेटेरिनरी प्राविधिक जनकसिंह धामी रहेको दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश दाहालले बताए । उनीहरु मध्ये धामी मालिकार्जुन कृषक समूहका अध्यक्ष र शैल्यशिखर नगरपालिकाका मेयर विजयसिंह धामीका छोरा हुन् ।
दुवै जनालाई बुधबार पक्राउ गरेर लिखत सम्बन्धी कसुर किर्ते, किर्ते र अपराधिक विश्वास घात शिर्षकमा किटानी जाहेरी दर्ता गरेर सात दिनको म्याद थप गरि अनुसन्धान भइरहेको दाहालले बताए ।
उनीहरुले ‘ओखर पकेट क्षेत्र’ कार्यक्रमको दुई लाख २० हजार रुपैयाँ अनुदान प्राप्त गर्नका लागि कृषक समूहका सचिव मन्जु धामी र कोषाध्यक्ष जानकी धामीको मृत्यु भएको भन्दै हस्ताक्षर परिवर्तनका लागि ग्लोबल आईएमई बैँकको गोकुलेश्वर शाखालाई पत्राचार गरेका थिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...