


काठमाडौं । वेस्ट इन्डिजसँगको टी-२०आई शृंखलाअन्तर्गत नेपालले आज दोस्रो खेल खेल्दै छ ।



शारजाहस्थित शारजाह क्रिकेट रंगशालामा खेल बेलुका नेपाली समयअनुसार सवा ८ बजे सुरु हुनेछ ।


यसअघि पहिलो खेलमा नेपालले ऐतिहासिक जित निकालेको थियो । नेपालले आजको खेल पनि जितेर एक खेल अगावै शृंखला जित्ने दाउमा हुनेछ ।
पहिलो खेलमा नेपालका सबै खेलाडीले आ-आफ्नो तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका थिए । आज पनि त्यस्तै किसिमको प्रदर्शनको अपेक्षा रहनेछ । नेपालले वेस्ट इन्डिजसँग भोलि मंगलबार अन्तिम खेल खेल्नेछ ।
