पूर्वपदाधिकारीहरू महरा, घर्ती र तिमिल्सिनाले फिर्ता गरे गाडी

cp new add
Nisharg hospital
suchana
Nast new

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल पूर्वपदाधिकारीहरूले गैरकानूनी रुपमा लिइरहेको सुविधा फिर्ता गर्ने अभियानमा छन्।

सोहीक्रममा पूर्वसभामुख कृष्णबहादुर महरा, ओनसरी घर्ती र राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सवारीसाधन फिर्ता गरेको आधिकारिक जानकारी प्राप्त भएको अर्थमन्त्री खनालले जानकारी दिएका छन्।

अर्थ मन्त्रालयले यसअघि कानूनमा व्यवस्था नभए पनि राज्य कोषबाट सुविधा लिइरहेका राजनीतिक तथा कर्मचारीका पूर्वपदाधिकारीमाथि निगरानी गरिरहेको बताएको थियो।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...