कांग्रेस केन्द्रीय समिति बैठकअघि विशेष महाधिवेशनका लागि हस्ताक्षर बुझाउने तयारी

CP
puskar ojha
cp hospital ad
kailali udhog

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आह्वानका लागि केन्द्रीय समिति बैठकअघि नै महाधिवेशन प्रतिनिधिको हस्ताक्षर पेश गर्ने तयारी छ ।

kailali hospital
Dhangadhi dashain

सभापति शेरबहादुर देउवाले यही असोज २६ गते बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएका छन् । पार्टी विधानअनुसार विशेष महाधिवेशनका लागि दुई विधि छन् ।

Puskar pannel
Nabjiwan

पहिलो– केन्द्रीय समिति बैठकले आवश्यक ठानेर विशेष महाधिवेशन बोलाउन सक्ने । र, दोस्रो– ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले कारण खुलाई हस्ताक्षरसहित लिखित माग गरेमा विशेष महाधिवेशन बोलाउन सक्ने ।

विशेष महाधिवेशनको हस्ताक्षर अभियान ६ असोजबाट सुरु भएको थियो । विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गर्नेहरूमा नेता डा. शेखर कोइराला, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पक्षधर छन् ।

Telecome

संस्थापनइतरका नेताहरुको दाबीअनुसार हस्ताक्षर गर्नेहरूमा सभापति देउवा पक्षका पनि छन् । विशेष महाधिवेशन पक्षधर नेताहरुको अनुसार ४० प्रतिशत हस्ताक्षर पुगिसकेको छ ।

महामन्त्री थापा निकट एक नेताले भने, ‘हस्ताक्षर ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हुनुपर्ने हो । ६०/६५ प्रतिशत पुर्‍याउन सहजै सकिन्छ ।’

१४ औं महाधिवेशनमा चुनिएका ४ हजार ७४३ प्रतिनिधिबाट विशेष महाधिवेशन माग गर्न १ हजार ८९८ जनाको हस्ताक्षर पुग्नुपर्छ । लिखित रूपमा विशेष महाधिवेशन माग भएको अवस्थामा तीन महिनाभित्र बोलाउनु पर्ने विधानको व्यवस्था छ ।

यही भदौ २३ र २४ गते भएको जेनजी विद्रोहपछि कांग्रेसमा पार्टी पुनर्गठनको माग व्यापक उठेको छ । सभापति देउवाको नेतृत्वमा चुनावमा जान नसकिने निर्क्यौलसहित केही नेताहरु नेतृत्व परिवर्तनको पक्षमा उभिएका छन् ।

संस्थापनइतरका एक नेताका अनुसार पछिल्लो अवस्था, आसन्न केन्द्रीय समिति बैठक, विशेष महाधिवेशनको हस्ताक्षर तयारीबारे छलफल गर्न नेता डा. शेखर र महामन्त्री थापाले आज भेट गर्ने तय भएको छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...