


काठमाडौँ । आइतबारदेखि सञ्चालनमा आएको प्रधानमन्त्री सुशीला कार्कीको आधिकारिक फेसबुक ‘अकाउन्टु गायब भएको छ । ‘PM Sushila karki’ नामक आधिकारिक फेसबुक अकाउन्ट सोमबार बेलुकादेखि नखुल्ने भएको छ ।


प्रधानमन्त्रीको नाममा ‘फेकु अकाउन्टहरु खुलेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सूचना जारी गर्दै आधिकारिक सामाजिक सञ्जालका अकाउन्टबारे जानकारी दिएको थियो ।



प्रधानमन्त्री कार्यालयको सूचनापछि पनि धेरै ‘फेक अकाउन्टु खुलेपछि प्रधानमन्त्रीको आधिकारिक अकाउन्ट भने हराएको हो । हामीले आधिकारिक अकाउन्ट ‘लिंक ब्याकु गरेका थियौं तर सोमबारदेखि ती लिंक नखुल्ने भएका छन् । अहिले उक्त लिंक खोल्दा ‘यो सामग्री अहिले उपलब्ध छैन’ भन्ने देखिन्छ ।
किन खुलेन भनेर प्रधानमन्त्री कार्यालयको सूचना प्रविधि महाशाखा हेर्ने सहसचिव सुवास ढकाललाई सम्पर्क गर्दा आफूसँग जानकारी नभएकाले बुझ्ने काम भइरहेको बताए । उनले भने, ‘मैले बिहान पनि सूचना पाएको थिएँ । यसबारे म सचिवज्युसँग बुझ्ने तयारी गर्दै छु । हामीलाई पनि सबै थाहाँ हुँदैन ।’
सहसचिव ढकालबाट स्पष्ट कुरा नआएपछि हामीले प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसँग सम्पर्क गर्यौं । उनले यसबारे विज्ञ टोलीले काम गरिरहेको बताए । ‘समस्या समाधान गर्न हाम्रो टिम बन्दै छ । विज्ञ टोलीले त्यसमा काम गर्दै छ,’ उनले भने ।
