संसद पुनर्स्थापनाको माग लिएर अदालत जान्छौं : महेश बस्नेत

CP
puskar ojha
cp hospital ad
kailali udhog

नेकपा । एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नतेले आफूहरु संसद पुनर्स्थापनाको माग लिएर अदालत जाने बताएका छन्।

kailali hospital
Dhangadhi dashain

बुधवार पार्टी मुख्यालय च्यासलमा पत्रकार सम्मेलन गरी उनले एमाले संसद पुनस्र्थापनाको माग लिएर सर्वोच्च अदालतको ढोका ढक्ढक्याउने जाने बताएका हुन्।

Puskar pannel
Nabjiwan
Telecome

‘संसद पुनःस्थापनाको माग लिएर हामी सर्वोच्च अदालतको ढोका ढक्ढक्याउँछौं । पार्टीले आधिकारिक ढंगले जाने अथवा कानून व्यवसायीमार्फत जाने । त्यो कुरामा हामी अन्तिम छलफल गर्दैछौं,’ उनले भने।

उनले भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने जेनजीको मागप्रति आफ्नो पूर्ण समर्थन रहने पनि बताए।

‘हामी छानविनको दायरामा आउन तयार छौं । तर तपाईहरुको रगतमा होलि खेलेर घाइतेहरुको बैशाखी टेकेर अहिले सरकारमा गएर तपाईहरुलाई उचाल्ने हरेक व्यक्तिहरुको पनि छानविन हुनुपर्छ,’ उनले भने।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...