कैलालीमा लागुऔषधसहित ३ जना पक्राउ

CP
puskar ojha
cp hospital ad
kailali udhog

धनगढी। कैलालीमा लागुऔषधसहित ३ जना पक्राउ परेका छन्।

kailali hospital
Dhangadhi dashain
Telecome

जिल्लाको धनगढी उपमहानगरपालिका–२ त्रिनगर व्यारेलबाट धनगढी उपमहानगरपालिका–३ बस्ने २२ वर्षीय अविशेक सिजापतिलाई २८० मिलिग्राम लागूऔषध खैरो हेरोइन प्रहरीले पक्राउ गरेको हो। सिजापतिलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

Puskar pannel
Nabjiwan

यसैगरी भजनी नगरपलिका–३ कुसमघाट स्थित सडकमा घोडाघोडी नगरपलिका–१ नारायणपुर बस्ने २२ वर्षीय लक्ष्मि प्रशाद साप्कोटा र २३ वर्षीय किरण जी.सी लागुऔषधसहित पक्राउ परेका छन्। यी दुबै जनाको साथबाट १ ग्राम ११० मिलीग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थ, से २ प ४०८५ नम्बरको मोटरसाइकलसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय भजनी कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। बुधवार पक्राउ परेका यी तीनै जनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...