



काठमाडौँ । प्रहरीले काठमाडौँको माइतीघर मण्डलामा भेला भएका जेनजीहरुलाई छानी छानी पक्राउ गरेको छ ।
डा निकोलस भुसाल, सञ्जीव दाहालसहित १६ जना पक्राउ परेका हुन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ ।


माइतीघर क्षेत्रमा भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गर्ने भन्दै भेला भएको थियो । उनीहरुले कोषसभा गर्ने बताए पनि प्रहरीले अवरोध गरेको छ ।
