दुर्गा प्रसाईं समूहसँग गृह मन्त्रालयमा वार्ता जारी

cp new add
Nisharg hospital
Samajik

काठमाडौं । सरकार र दुर्गा प्रसाईं समूहबीच गृह मन्त्रालयमा वार्ता जारी छ ।

DHANGADHI

वार्तामा प्रसाईं सहभागी छैनन् । तर उनको समूहबाट माधव प्रसाद खतिवडा नेतृत्वमा देवी प्रसाद संग्रौला, प्रेमकुमार थाम्सुहाङ, प्रेम थापामगर, तिजेन्द्र प्रसाद रायमाझी, मकबुल साह लगायत सहभागी छन् । खतिवडाले गृहमन्त्री ओम प्रकाश अर्याललाई माग पत्र बुझाएका छन् । त्यसमाथि छलफल जारी छ ।

सरकारले १८ कात्तिकमा प्रसाईंले नेतृत्व गरेको नागरिक बचाउ महाअभियानको कार्यालयमा पत्र पठाएर वार्तामा बोलाएको थियो । तर मन्त्रीस्तरीय वार्तामा दुर्गा प्रसाईं सहभागी नभएर खतिवडाको नेतृत्वको टोली वार्तामा पठाएका हुन् । वार्ता सुरु हुनुअघि  गर्दै खतिवडाले भनेका थिए, ‘प्रधानमन्त्रीस्तरीय वार्तामा दुर्गा दाइ बस्नुहुन्छ, मन्त्रीस्तरीय वार्तामा हामी सहभागी हुँदैछौं ।’ गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले पनि प्रसाईं समूहसँगको वार्ता पुष्टि गरे ।

वार्ताको सहजीकरण अधिवक्ताद्वय लवन न्यौपाने र विनोदमणि भट्टराईले गरेका छन् । प्रसाईंले ७ मंसिरबाट देशभर आन्दोलन गर्ने घोषणा गरेका छन् । यसअघि गत १५ चैतमा पनि प्रसाईंको नेतृत्वमा तीनकुनेमा आन्दोलन भएको थियो । आन्दोलन हिंसात्मक बन्दा तोडफोड, आगजनी र लुटपाट भएको थियो । यसपटक आन्दोलन गर्न प्रसाईंले नेपाली कांग्रेस बीपीसँग सहकार्य गरेका छन् ।

आन्दोलनको तयारी अनुसार उनले यही कात्तिक २३ गते काठमाडौंको सुकुमवासी बस्तीमा कार्यक्रम गरेर आन्दोलन गर्न उक्साउ अभिव्यक्ति दिएका थिए । आन्दोलन हिंसात्मक हुनसक्ने भन्दै प्रसाईं र उनको समूहमा रहेकाहरुमाथि निगरानी बढाइएको सुरक्षा अधिकारीहरु बताउँछन् । यही कात्तिक महिनामा विवादास्पद मेडिकल व्यवसायी प्रसाईसँग काठमाडौं उपत्यकाका तीनै जिल्ला ९काठमाडौं, ललितपुर, भक्तपुर०का प्रमुख जिल्ला अधिकारीहरु र प्रहरी प्रमुखहरुले समेत छलफल गरेका थिए ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...