तीन वर्षपछि कञ्चनपुरका मध्यवर्ती क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन पुनः सुरु

cp new add
Nisharg hospital
Samajik

कञ्चनपुर । कञ्चनपुरका मध्यवर्ती क्षेत्रहरूमा तीन वर्षपछि नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा, माटो) उत्खननका लागि प्रक्रिया अगाडि बढाइएको छ।

DHANGADHI

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अन्तर्गतका छवटा मध्यवर्ती क्षेत्रका नदी तथा खोलाबाट उत्खनन गर्दा निकुञ्जमा क्षति पुग्ने भन्दै २०७९ सालदेखि उत्खननमा रोक लगाइएको थियो। तर, स्थानीयको माग र सर्वोच्च अदालतको अन्तरिम आदेशपछि उत्खनन पुनः सुरु गर्न तयारी गरिएको हो।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीका अनुसार प्रतिबन्ध हटेसँगै उपभोक्ताबाट माग सङ्कलन कार्य जारी छ। असोज ३१ गते बसेको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको बैठकले उपभोक्ताले घरायसी प्रयोजनका लागि नदीजन्य पदार्थ प्रयोग गर्न पाउने निर्णय गरेको थियो।

कात्तिक १६ गतेदेखि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र सम्बन्धित नियमावली अन्तर्गत नियमानुसार राजस्व लिएर उत्खनन गर्न निर्देशन दिइएको छ।

हाल छ वटा घाटबाट उत्खनन प्रक्रिया अगाडि बढाइएको छ। दोधारा चाँदनी नगरपालिकास्थित हिमालय मध्यवर्ती उपभोक्ता समितिले महाकाली नदीका दुई घाटबाट उत्खनन प्रक्रिया अघि बढाएको जनाएको छ।

झलारीस्थित सुनदेवी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष भरतबहादुर विष्टका अनुसार तीन वर्षदेखि उत्खनन रोकिँदा दोधाराका बस्तीहरू बाढी र डुबानको जोखिममा परेका थिए। अब सबै प्रक्रिया पूरा गरेर उपभोक्ताले आवश्यक नदीजन्य पदार्थ उत्खनन गर्न पाउनेछन्।

निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार, शुक्लाफाँटा मध्यवर्ती क्षेत्र अन्तर्गतका छ वटा घाटबाट करिब एक लाख २८ हजार ६ सय घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्न सकिनेछ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...