दर्ज्यानी चिह्न लगाएपछि बोल्दाबोल्दै भक्कानिए आईजीपी कार्की

cp new add
Nisharg hospital
Samajik

काठमाडौं ।  नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्की दर्ज्यानी चिह्न लगाएपछि सम्बोधन गर्ने क्रममा भक्कानिएका छन् ।

DHANGADHI

सम्बोधनको सुरुमा अमर प्रहरीको प्रसंग आउँदा उनका गला अवरुद्ध भएका थिए । ‘म सर्वप्रथम राष्ट्र र नागरिक सेवाका क्रममा वीरगति प्राप्त गर्नुभएका’ भनेपछि उनी रोकिए ।

अगाडि रहेको टिस्यु पेपरले आँखा र नाक पुछे । अनि फेरि बोल्न सुरु गरेका थिए । उनले आफूले पाएको विशिष्ट जिम्मेवारीलाई पारदर्शी र जवाफदेहिताका साथ पूरा गर्दै नागरिक सेवा भावको पूर्ण प्रत्याभूति दिलाउने प्रतिबद्धता जनाए ।

प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण अघिल्ला आईजीपी (महानिरीक्षक) चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा गएपछि नेपाल प्रहरीको कमाण्ड कार्की मातहत आएको छ ।

खापुङ अवकाशमा जानुअघि नै कात्तिक २५ गतेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको सर्वोच्च पद आईजीपीमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...