अत्तरियामा अपराध कर्ममा संलग्न १७१ जना प्रहरीकाे फन्दामा,७७ लाखकाे सामान बरामद

cp new add
Nisharg hospital
Samajik

धनगढी । कैलालीकाे अत्तरिया क्षेत्रमा विभिन्न अपराध कर्ममा संलग्न भएका डेढ सय बढिलाई प्रहरीले कारवाहीकाे दायरामा ल्याएकाे छ ।

DHANGADHI

इलाका प्रहरी कार्यालय मालाखेतीले चलाएकाे अपराधिक गतिविधि नियन्त्रण अभियान अन्तरगत २१ बैशाखदेखि अहिलेसम्म एक सय ७१ जनालाई कारवाहीकाे दायरामा ल्याइएकाे छ ।

प्रहरीले भन्सार छली गरेर अवैध रूपमा ल्याइएकाे ७७ लाख बढिकाे सामान समेत बरामद गरेको छ । इलाका प्रहरी कार्यालयले विभिन्न शिर्षकमा एक सय ७५ मुद्दा  दर्ता गरेकाेमा एक सय ७१ जनालाई पक्राउ गरेकाे थियाे ।

सार्वजनिक हित विरूद्वकाे कसुरमा ५३ जना,लागूऔषधमा १६ जना,ज्यान मार्ने उद्योगमा १७ जना, बैंकिङ कसुरमा ११ जना,जुवातासमा १४ जना, जबर्जस्तीकरणीमा ९ जना,कर्तव्य ज्यानमा ५ जनालाई मुद्दा चलाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

कारागारबाट भागेका ३६ जना कैदीबन्दी,८ जना फरार प्रतिवादीलाई समेत पक्राउ गरिएको छ भने जुवातासबाट दुई लाख १३ हजार रकम बरामद गरिएकाे छ ।

लागूऔषध तर्फ ३० ग्राम खैराे हेराेईन र डेढ किलाे चरेस पनि बरामद गरिएको छ । बैशाखदेखि इलाका प्रहरी कार्यालयकाे कमान्ड प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दले सम्हालिरहेका छन् ।

डीएसपी चन्दले नागरिककाे शान्ति, सुरक्षा  र अपराधिक गतिविधि न्यूनीकरणका लागि नियमित र विशेष अप्रेसन समेत चलाउने गरेकाे बताए ।

उनले अपराधिक गतिविधि नियन्त्रण गर्ने उदेश्यले विभिन्न गलत कार्यमा संलग्नलाई पक्राउ गरेर कानुन बमोजिम कारवाही गर्ने काम भइरहेको बताए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...