हलगोरु पाल्ने कृषकलाई प्रदेश सरकारले पाँच हजार दिइने

cp new add
Nisharg hospital
Samajik

अत्तरिया। सुदूरपश्चिम प्रदेशमा हलगोरु पालन गर्ने कृषकलाई प्रोत्साहन कार्यक्रम सञ्चालन हुने भएको छ। प्रदेश सरकारको बजेटमा चालु आर्थिक वर्षमा प्रदेशका नौवटै जिल्लामा उक्त कार्यक्रम सञ्चालन हुने भएको हो।

DHANGADHI

उक्त कार्यक्रम सञ्चालनका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले ९७ लाख ५० हजार बजेट विनियोजन गरेको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी राजकुमार झाले बताए।

उनले प्रदेशभरी हलगोरु पालन गर्ने एक हजार ९५० किसानलाई प्रोत्साहनस्वरुप प्रतिकिसान पाँच हजारका दरले प्रोत्साहन रकम उपलब्ध गराइने बताए। उक्त कार्यक्रम नौ वटै जिल्लामा रहेका भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमार्फत सञ्चालन हुने तथा बजेट सबै विज्ञ केन्द्रमा गइसकेको झाले जानकारी दिए।

उनका अनुसार उक्त कार्यक्रमका लागि कैलालीमा १५ लाख रुपैयाँ, कञ्चनपुरमा १२ लाख ५० हजार रुपैयाँ तथा अन्य सात जिल्ला बाजुरा, डोटी, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा र बझाङमा प्रतिजिल्ला १० लाखका दरले रकम विनियोजन भएको छ।

सूचना अधिकारी झाले उक्त प्रोत्साहन रकम पाउनका लागि किसानले हलगोरुरराँगा पालेको हुनुपर्ने, कृषि तथा खेती गरिरहेको हुनुपर्ने, तराईका जिल्लाका हकमा गोरुगाडा(डल्लब) हुनुपर्ने तथा किसानसँग हलो हुनुपर्ने व्यवस्था गरिएको बताए।

प्राङ्गारिक कृषि प्रवर्द्धन कार्यक्रम रहेका जिल्लाको हकमा सोही स्थानीय तह र अन्य जिल्लाको हकमा विकट स्थानीय तहलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने उनले बताए। प्रोत्साहन रकम किसानको बैंक खातामार्फत भुक्तानी गर्ने व्यवस्था गरिएको सूचना अधिकारी झाले बताए।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...