धनगढीमा शनिवार (भोली) बिहान साइकल र्‍याली हुने

cp new add
Nisharg hospital
Samajik

धनगढी । धनगढीमा कात्तिक २९ गते शनिबार साइकल र्‍याली हुने भएको छ। धनगढी उपमहानगरपालिकाले साइकल र्‍यालीको आयोजना गर्ने भएको हो।

DHANGADHI

नगर प्रमुख गोपाल हमालले शनिबार आयोजना हुने साइकल र्‍यालीमा भाग लिन सार्वजनिक अपिल गरेका छन्।

उनले घरमा भएको जस्तोसुकै साइकल ल्याएर बिहान ८ बजे ट्राफिक चौराहामा उपस्तिथि हुन अनुरोध गरेका छन्। धनगढी चौराहबाट ठिक ८:३० साइकल र्‍याली सुरू हुने नगर प्रमुख हमालले बताएका छन्।

उक्त र्‍याली धनगढी मुख्य सडक हुँदै गुरहीचोकबाट जेन्जी मार्गमा पुगेर समापन हुनेछ। नगर प्रमुख हमालले उक्त साइकल र्‍यालीमा सहभागी हुन सम्पूर्ण नगरवासीलाई अनुरोध गरेका छन्।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...