मतदाता नामावली संकलनको समय थप्न निर्वाचन आयोगलाई प्रधानमन्त्रीको आग्रह

cp new add
Nisharg hospital
Samajik

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसँग टेलिफोन गरेकी छन् । उनले कार्यवाहक प्रमुख आयुक्त भण्डारीलाई मतदाता नामावलीमा नाम दर्ता गराउने समय सीमा केही समय थप गर्न आग्रह गरेकी छन् ।

DHANGADHI

उनले शुक्रबार दिउँसो भण्डारीसँग फोनमा कुरा गर्दै मतदातामा नामावलीमा नाम लेखाउनेहरूको संख्या बढ्दै गएको र अनलाइनबाट भर्नेहरूको समेत लोड बढिरहेको भन्दै समय थप गर्न आग्रह गरेकी छन् ।

आयोगका कार्यवाहक प्रमुख आयुक्त भण्डारीले पनि सकारात्मक प्रतिक्रिया दिएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए । रावलका अनुसार कार्यवाहक प्रमुख आयुक्त भण्डारीले प्रधानमन्त्रीसँगको कुराकानीमा नामावली संकलनको समयावधि पाँच दिन समय थप गर्न सकिने बताएका छन् ।

आयोगले उमेर पुगेर पनि मतदाता नामावलीमा नाम नभएकाहरूलाई नाम लेखाउन ३० कात्तिकसम्मको समय सीमा निर्धारण गरेको छ । निर्वाचन आयोगको कार्यालयहरूमा मतदाता नामावलीमा नाम लेखाउनेहरूको भीड बढेपछि आयोगले अनलाइनबाट समेत आवेदन लिन थालेको छ ।

आयोगले राष्ट्रिय परिचय पत्र भएकाहरूले अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न मिल्ने गरी अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । राष्ट्रिय परिचय पत्र बनाइसकेकाहरूको बायोमेट्रिक डेटासँग लिंक गरिएकाले राष्ट्रिय परिचय पत्र भएकाहरूले आयोगको पोर्टलमा गएर अनलाइन फारम भरेर नाम दर्ता गर्न सक्नेछन् ।

अनलाइनबाटै आवेदन लिन थालेपछि मतादाता नामावलीमा नाम दर्ताको गर्नेको संख्या बढेर आयोगको सर्भर समेत बेलाबेला अवरुद्ध भइरहेको छ । सोही कारण उमेर पुगेर पनि मतदातामा नामावलीमा नाम नभएकाहरू मतदानको अधिकारबाट बञ्चित हुनेभन्दै नाम दर्ताको समय थप्न प्रधानमन्त्री कार्कीको आग्रह छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...