तोलामा ७ सय बढ्यो सुन

cp new add
Nisharg hospital
Ba n

काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका सुनको भाउ प्रतितोला २ लाख ४३ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४२ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

एक सातामा भने सुनको भाउ ७ हजार २ सय रुपैयाँ घटेको छ । कात्तिक २७ गते सुनको भाउ २ लाख ५० हजार २ सय रुपैयाँ थियो । त्यस्तै असोज ३१ गते हालसम्मकै उच्च मूल्य २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनेको छ ।

चाँदीको भाउ आज तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३१५० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ३१८५ रुपैयाँ कायम भएको छ । यसअघि असोज ३१ गते चाँदी ३३५० रुपैयाँ पुगेको रेकर्ड छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...