बझाङ जीप दुर्घटनामा ८ जनाको मृत्यु : मष्टा गाउँपालिकामा शोक विदा

Nisharg hospital
krishi add
swostik

३ कात्तिक, धनगढी । बुधबार भएको जीप दुर्घटनामा ८ जनाले ज्यान गुमाएपछि बझाङको मष्टा गाउँपालिकाले शोक विदा दिएको छ । मष्टा गाउँपालिका–१ को तुफानडाँडामा सुपप्र ०१–००१ च ११७ नम्बरको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएपछि गाउँपालिकाले बिहीबार सार्वजनिक विदा दिइएको जनाएको छ ।
बिहीबार गाउँपालिकाका सबै सरकारी संघसंस्था सञ्चालन हुने छैनन । जिल्ला सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्किने बेला जीप दुर्घटनामा परेको थियो । १७ जना घाइते मध्ये तीन जनालाई डडेल्धुरा अस्पताल पठाइएको छ भने अन्यको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...