सुदूरपश्चिमको युवा केन्द्रीय सदस्यमा गिरीको उम्मेदवारी, विद्रोही साउदको चुनौती

cp new add
Nisharg hospital
Ba n

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा युवातर्फ सुदूरपश्चिम भूगोलबाट केन्द्रीय सदस्य पदका लागि गोविन्द गिरीले  उम्मेदवारी दिएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनमा गिरीले  युवातर्फ सुदूरपश्चिम भूगोल केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै सोही क्लस्टरबाट डिबी साउदले पनि उम्मेदवारी दिएका छन् । सुदूरपश्चिमका दुवै युवा नेता विद्यार्थी राजनीतिबाट उदाउँदै पार्टी संगठन निर्माणमा सक्रिय रहँदै आएका छन् ।

बैतडीका गोविन्द गिरी र  अछामका डिबी साउँद संगठनप्रति समर्पित, जुझारु र जनतासँग नजिक युवा नेताका रूपमा चिनिन्छन् ।

३२ वर्षे उमेरहदका कारण अनेरास्ववियुबाट विदा भएका गिरी अहिलेका अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट उम्मेदवार बनेका हुन् । उनलाई चुनौती दिन अनेरास्ववियुकै राजनीतिक पृष्ठभूमी भएका साउद विद्राह गर्दै मैदान उत्रिएका छन् ।

तर साउदले भने कुनै समूह विशेष नभए आफू साझा उम्मेदवार भएको बताएका छन् ।

नेकपा एमालेको ११औं महाधिवेशनमा नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल टिमसहित मैदानमा उत्रिएका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...