सुदूरपश्चिम महोत्सवमा आज रमेश राज भट्टराईसहित कलाकारको प्रस्तुति रहने

cp new add
Nisharg hospital
Ba n

धनगढी । धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा सोमवार(आज) राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुती दिदै छन्।

महोत्सवको दशौं दिन लोकप्रिय गायक रमेश राज भट्टराई लाई मुख्य आकर्षणका रूपमा प्रस्तुत गर्ने तयारी भइरहेको आयोजकले बताएका छन्।

कैलाली उद्योग वाणिज्य संघका सचिव तथा सांस्कृतिक संयोजक प्रकाश चन्दका अनुसार भट्टराईसँगै लाल बहादुर धामी, रेखा जोशी, समिक्षा चौधरी, अमर राना, विष्णु भट्टलगायतका कलाकारले पनि आफ्ना उत्कृष्ट कला प्रस्तुत गर्नेछन्।

स्थानीय उत्पादन, पर्यटन, संस्कृति र मनोरञ्जनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ जारी महोत्सवमा दैनिक हजारौं दर्शकहरुको भीड देखिन्छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...