कञ्चनपुरबाट भन्सार छलीका मोबाईल कभर र खेलौना बरामद

cp new add
Nisharg hospital
Ba n

कञ्चनपुर । कञ्चनपुरबाट भन्सार छलीका मोबाईल कभर र खेलौना बरामद गरिएको छ।

जिल्लाको भीमदत्त नगरपालिका- ९ ब्रह्मदेब बजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलीगरि ल्याएका अन्दाजी ३लाख ८२ हजार ५ सय मूल्य बराबरको मोबाईल कभर, विभिन्न किसिमका खेलौना (डल, रिमोट कार) लगायतका सामान प्रहरीले बरामद गरेको हो।

उक्त सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बुधवार बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...