दोहोरी साँझमा झगडा गर्ने समूहद्वारा पैदल हिँड्ने युवकको हत्या

cp new add
Nisharg hospital
Ba n

काठमाडौं । गोंगबुको मिरमिरे दोहोरी साँझमा पुगेका समूहको आक्रमणबाट एकजनाको ज्यान गएको छ । दोहोरी साँझमा झडप गरेका दुई समूहमध्ये एक समूहले बाटोमा हिँड्दै गरेका पैदल यात्रुको हत्या गरेका हुन् ।

गोरखाको सिरानचोक गाउँपालिका–७ घर भई टोखा नगरपालिका–९ गोंगबु बस्ने २० वर्षीय बबिन गुरुङको मृत्यु भएको हो । दोहोरी साँझमा झगडा गरेर बाहिर निस्केका मध्ये हरिशरण पन्तले पैदल हिड्दै गरेका बविनमाथि धारिलो हातियार प्रहार गरेको खुलेको छ ।

पन्तलाई काठमाडौं प्रहरीले बुधबार बिहानै पक्राउ गरेको छ । पन्त धादिङको नेत्रावती डबजोङका हुन् । उनीसँगै प्रहरीले सोही ठाउँका श्रीकृष्ण पन्तलाई समेत पक्राउ गरेको छ ।

प्रहरीको अनुसन्धानका क्रममा दोहोरी साँझमा उनीहरू र डडेलधुराका वीरेन्द्र साउद, दार्चुलाका जनक सिंह नगारी समूहबीच झडप भएको थियो ।

प्रहरीले दोहोरी साँझका सञ्चालकसहित झडप गर्ने ६ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...