कञ्चनपुरमा डेंगु संक्रमणबाट १६ वर्षीया किशोरीको मृत्यु

Nisharg hospital

३ कात्तिक, कञ्चनपुर । कञ्चनपुरमा डेंगु संक्रमणबाट किशोरीको मृत्यु भएको छ ।

बुधबार साँझ उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल लगिएकी बेलौरी नगरपालिका–१० भुडाकी १६ वर्षीया दीपा चौधरीको डेंगुका कारण मृत्यु भएको हो ।

Navjiwan hospital adv

करिब दुई सातादेखि उनलाई टाउको दुख्ने र ज्वरो आउने समस्या देखिएको थियो । गाउँकै मेडिकलमा उनको उपचार भइरहेको थियो ।

ज्वरो झनझन बढेपछि थप उपचारको लागि एक साता अघि निर्सग अस्पताल पु–याइएको आफन्तले बताए ।

उपचारकै क्रममा चौधरीको बुधबार साँझ मृत्यु भएको परिवारका एक सदस्यले जानकारी दिए । चौधरी गाउँकै एक विद्यालयमा कक्षा ८ मा अध्यनरत थिइन् ।

 

याे पनि हेर्नुस्
Loading...