सुनको मूल्यमा नयाँ रेकर्ड,चाँदी पनि महँगियो

cp new add
Nisharg hospital
Ba n

काठमाडौँ । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। सोमबार सुन तोलामै ४१ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। पछिल्लो समय सुनको मूल्यले निरन्तर बढ्दो क्रममा छ। आइतबार सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ। सोमबार चाँदी प्रतितोला ५ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

आर्थिक र भुराजनीतिक अस्थिरता, मुद्रास्फीति कम ब्याजदर, सुरक्षित आश्रय खोज्ने लगानीकर्ताहरू र केन्द्रीय बैंकहरूले लगानी विविधीकरण गर्ने संयोजनका कारण सुनको मूल्यमा उतार चढाव भएको जानकारहरु बताउँछन्। औद्योगिक क्षेत्र माग बढ्नु, माग अनुसार आपूर्ती हुन नसक्दा चाँदीको मूल्य बढेको उनीहरुको भनाइ छ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...