माघ पहिलो साता देउवाको गृहजिल्ला डडेल्धुरामा आउँदै हर्क साम्पाङ

cp new add
Nisharg hospital
Ba n

डडेल्धुरा । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ माघ महिनाको पहिलो साता डडेल्धुरा आउने भएका छन्। श्रम संस्कृति पार्टीको आयोजनामा जिल्ला सदरमुकाममा आयोजना हुने चुनावी भेलालाई सम्बोधन गर्न उनी माघ ७ गते डडेल्धुरा आउने तय भएको हो।

श्रम संस्कृति पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज महेन्द्र पुनका अनुसार हर्क साम्पाङको प्रमुख आतिथ्यतामा उक्त भेला आयोजना गरिनेछ। भेलामा पार्टीका जिल्ला तथा प्रदेशस्तरीय नेता–कार्यकर्ताको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
सम्भावित कार्यक्रम स्थल जिल्ला सदरमुकामस्थित बसपार्क क्षेत्रलाई तय गरिएको छ, यद्यपि अन्तिम निर्णय भने आयोजकले केही दिनभित्र सार्वजनिक गर्ने जनाइएको छ।

डडेल्धुरा नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला भएकाले यहाँ हुने हर्क साम्पाङको आगमनलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ। स्थानीय तहमा श्रम, पारदर्शिता र सुशासनका मुद्दामा चर्चा कमाएका साम्पाङले डडेल्धुराको भेलामा आफ्नो राजनीतिक धारणा र श्रम संस्कृति पार्टीको भावी दिशा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

आगामी दिनमा हुने विभिन्न निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठन विस्तार र जनसम्पर्कलाई सुदृढ बनाउने उद्देश्यले उक्त भेला आयोजना गर्न लागिएको पार्टी स्रोतले जनाएको छ। कार्यक्रममा स्थानीय युवाहरू, श्रमिक वर्ग तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहने विश्वास गरिएको छ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...