धनगढी । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।
निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाएको हो । यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटेको छ ।
निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर रु एक सय ५६ र डिजेल र मट्टितेल प्रतिलिटर रु एक सय ३६ कायम भएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिले नयाँ मूल्यसूची निर्धारण गरेको हो ।
अब पेट्रोलको भाउ पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा पर्नेछ ।
यस्तै, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ क्षेत्रमा प्रतिलिटिर १५५ रुपैयाँ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दीपायलमा प्रतिलिटर १५६ रुपैयाँ पर्नेछ ।
यस्तै, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ क्षेत्रमा प्रतिलिटिर १५५ रुपैयाँ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दीपायलमा प्रतिलिटर १५६ रुपैयाँ पर्नेछ ।